केही दिन मात्र स्थानीय चुनाव आउन बाँकी रहँदा  हेटौंडा-१६ स्थित हटिया चिसापानीमा बुधबार राति शक्तिशाली सिलिन्डर बम विष्फोट भएको छ ।

राति १० बजेतिर शक्तिशाली बम विष्फोट भएको हो । हेटौंडा-१६ का एमाले अध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिक सडकमा विस्फोट भएको स्थानीयले जनाएका छन् ।

विष्फोटबाट श्याम दाहाल घाइते भएका छन् । उनको हेटौंडामा उपचार भइरहेको छ । प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठूलो संख्यामा परिचालित प्रहरीले घटनास्थल वरपर खोजतलास गरिरहेको स्थानीयले जानकारी दिए । थप विवरण अाउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार