नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कमाण्डरको रुपमा स्वीकार गरेर पुष्पकमल दाहाल प्रचण्ड छोरी रेणु दाहाललाई जिताउन देउवालाई संगै लिएर आज विहीबार चितवन हान्निएका छन् ।

अाज बिहीवार छोरी रेणु दाहाललाई संयुक्त प्रचार गरेर जिताउन दाहालले कांग्रेस सभापति देउवालाई बोकेर प्लेनमा सँगै चितवन उडेका छन् । प्लेनमा देउवा र दाहाल सँगै बसेको तस्बिर प्रकाश दाहालले फेसबुकमा राखेका छन् ।

उता चितवनमा कांग्रेसका एक नेताले आफ्नो पार्टी माओवादी केन्द्रको पनि कमाण्डर पार्टी भएको भन्दै कमाण्डरले भनेको कुरालाई स्वीकार गरेर सबै कांग्रेसले रेणु दाहालाई भोट हाल्नै पर्ने बताएका छन् ।

माओवादी केन्द्रले कांग्रेस र कांग्रेसका सभापति देउवालाई दुई पार्टीको कमाण्डर बताएपछि माओवादी केन्द्रका धेरै कार्यकर्तालाई बेचैन बनाएका चितवनबाट एक माओवादी केन्द्रका कार्यकर्ताले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार