प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा आज विहीबार चितवन पुगेको दिन चितवनको दुई ठाउँमा शक्तिशाली बम विस्फोट भएको छ ।

अहिले भर्खरै पौने ९ बजे राति चितवनको दुई ठाउँ रत्ननगर नगरपालिकाको टाडी बजार र खोले सिमलमा निकै शक्तिशाली बम विस्फोट भएको छ । त्यसैगरी कालिका नगरपालिकाको भिमोदय मतदान केन्द्र र रत्ननगर नगरपालिकाको द्धारिका मतदान केन्द्रमा पनि बम विस्फोट भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले उक्त बम विस्फोट गराएको चितवन पार्टीले बताएको छ । शक्तिशाली बमहरु विस्फोटपछि चितनको जनजीवन निकै त्रासमय बनेको सुरक्षाकर्मीहरुले बताएका छन् ।

यसैबीच पोखरामै आज कांग्रेसको चुनाव प्रसारको गाडीमा पनि अज्ञात समुहले बम प्रहार गरेको छ ।

देशैभरि मतदान केन्द्रमा बमहरु विस्फोट भएपछि मतदान केन्द्रमा सर्वसाधरणहरुको उपस्थिति निकै न्युन हुने राजनीतिक विश्लेषकहरुले बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार