नेपाल कम्यनिष्ट पार्टी दाङ्गले प्रतिरोध संघर्षको बीचमा  जनपरिषद घोषणा कार्यलाई तीव्र पारेको छ ।

गाउँको नजिक खुला मैदानमा बसेर गाउँलेहरु जनसत्ता निर्माणबारे छलफलमा जुट्दै

जनताका समस्याहरुलाई जनस्तरमै समाधान गर्नका संसदीय व्यवस्थाको स्थानीय निकायको चुनावको विकल्पमा जनपरिषदको घोषणा गरिएको बताएको छ । एक कार्यक्रका बीच दाङ्गको हेकुलीमा जनपरिषदको प्रमुख उज्वल चौधरी उपप्रमुख सुदीप शर्मा रहने गरी ९ सदस्यीय जनपरिषद सर्वसम्मत चयन गरिएको छ ।

जसको सदस्यहरुमा डम्बर अधिकारी, लोक बहादूर खड्का, नरेश चौधरी, रामु चौधरी, कमल चौधरी, नरेश चौधरी, चन्द्रकिरण पुरी चयन भएका छन् । कमल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दङ्गाका सचिवालय सदस्य विकास वली, राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य तिलक योगीले नवगठित जनपरिषदले विकास निर्माणदेखि जनतालाई न्याय सुरक्षाको कार्य गर्ने बताएका छन् । कमल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रविण थारुले गरेका थिए ।

त्यस्तै दाङ्गको नारायणपुरमा याम बहादुर डाँगी प्रमुख, हापुरमा नवराज पाण्डे, ढिकपुरमा ठाकुर चौधरी प्रमुखमा चयन गरिएको छ यसैगरी दाङको बिजौरीमा पुष्प बुढाको प्रमुखमा १३  सदस्यीय गाउँ जनपरिषद चयन गरिएको छ । यस्तै डुरुवामा कृष्ण वलीको प्रमुखमा ११ सदस्यीय, मानपुरमा रै बहादुर बस्नेतको प्रमुखमा ११ सदस्यीय गाउँ जनपरिषद घोषणा गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी राप्ती व्यूरो सदस्य राम बहादुर थापा सुन्दरले कथित स्थानीय निकायको निर्वाचनको काउन्टरमा गाऊँ जनपरिषद गठन गरिएको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार