राजधानीको मुटु मानिने काठमाडौंका विभिन्न स्थानमा आज शनिबार शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार काठमाडौंका पाँच स्थानमा स्थानीय निर्वाचनमा उम्मेदवार बनेकाहरुको घर र मतदान केन्द्रलाई लक्षित गरेर शक्तिशाली बम प्रहार गरिएको छ ।

आज शनिबार विहानै राजधानीको मुख्य अड्डा नयाँ बानेश्वरमा विहानै शक्तिशाली बम विस्फोट भएको थियो भने ९ बजे काठमाडौंको साँखुमा शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ भने काठमाडौंकै दक्षिणकालीको टल्कुमा बम विस्फोट भएको छ ।

यसैबीच चन्द्रागिरि नगरपालिकाअन्तर्गत थानकोटमा पनि सकेट बम विस्फोट भएको बताइएको छ ।

राजधानीको मुटु मानिने ठाउँमा शक्तिशाली बमहरु विस्फोट भएपछि ३१ गते हुने निर्वाचन मतदान केन्द्रहरु असुरक्षित रहेको सुरक्षाकर्मी र सरकारी अधिकारीहरुले बताउने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार