पहिलो चरणमा हुने भनिएको वैशाख ३१ को निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसका मतदाताहरुले कांग्रेसको सर्मथनमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालर्लाइ भोट नहाल्ने भएका छन् ।

भोलि हुने भनिएको  निर्वाचनलाई लिएर चितवनको भरतपुर महानगरपालिकामा सबैको ध्यान केन्द्रित भएको छ ।

त्यसको मुख्य कारण हो, कांग्रेस र माओवादी केन्द्रबीचमा भएको चुनावी तालमेल । भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहाल मेयरकी उम्मेदवार हुन् जसलाई कांग्रेसले समर्थन गरेको छ । तर मतदानमा कांग्रेस मतदाताले धोका दिनसक्ने व्यापक आशंका गरिएको छ ।

हुन त रेणु दाहालले कांग्रेस राजनीतिक संस्कार भएको पार्टी भएकालेअाफुलार्इ धोेका नहुने विश्वास  गरेकी छिन् । तर आफुले जित्ने निश्चित हुँदाहुँदै पार्टी केन्द्रले माके उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको भन्दै कांग्रेसका स्थानीय नेताकार्यकर्ता एवं समर्थक रुष्ट बनेका छन् ।

आफ्नै नेताहरुले माओवादी केन्द्रबाट करोडौ पैसा लिएर चुनावी तालमेल गरेको भन्दै केही दिनअघि चितवन पार्टीको भेलामा कांग्रेसका कार्यकर्ताहरुले जिल्ला नेताहरुको भण्डाफोर गरेका थिए । पार्टी निर्णयप्रती असन्तुष्ट  धेरै कांग्रेस मतदाताले बरु एमालेलाई मतदान गर्ने तर माकेलाइ कुनै पनि हालतमा भोट नदिने बताएका छन् ।

स्रोतका अनुसार केही स्थानीय नेताहरुकै अगुवाइमा उपमेयर लगायतका आफ्ना उम्मेदवारहरुलाई मतदान गर्ने तर मतपत्रमा रहेको मेयरको ठाउँ खाली छोड्ने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार