राजधानीको मुटु मानिने काठमाडौंका सात स्थानमा सातै मतदान केन्द्र रहेका ठाउँमा शक्तिशाली बम विस्फोट भएको छ ।

आज विहानै ७ बजे काठमाडौंको तारकेश्वर नगरपालिकाको मतदान केन्द्र रहेको बालकुमारी स्कुलनेर शक्तिशाली बम विस्फोट भएको छ । आज बिहानै ३ बजे काठमाडौंकै बालाजुचोकको ढुंगेअड्डामा पनि शक्तिशाली बम विस्फोट भएको छ ।
यसैगरी काठमाडौंकै दक्षिणकाली नगरपालिकाको थाखेल मतदान केन्द्र नजिक पनि शक्तिशाली बम विस्फोट भएको छ । आज राती १२ बजे नार्गजुन नगरपालिकाको डाडाँपौवाको मतदान केन्द्रमा पनि शक्तिशाली बम विस्फोट भएको छ ।
आजै राति थानकोटमा पनि शक्तिशाली बमहरु विस्फोट भएको छ । थानकोटमा पडकिन बाँकी रहेका दुईवटा बमलाई सेनाले निश्क्रििय बनाएको बुझिएको छ ।
काठमाडौंकै जर्सिङपौवा चौकी रहेको मतदान केन्द्र र प्रताप मतदान केन्द्र रहेको ठाउँमा पनि शक्तिशाली बम विस्फोट भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्धारा विस्फोट गरिएको आशंका गरिएका ठाउँहरुमा शक्तिशाली बम विस्फोटपछि काठमडाौंमा हुने भनिएका कयौं मतदान केन्द्र चर्को आतंकको बीचमा मतदान सुरु भएको बताइएको छ ।







