नेपाल कम्युनिस्ट पार्टीको निर्वाचन खारेज अभियानमा हिजो माल्कोटको घटनामा घाइते भएका धनरुप बटालाले उच्च मृत्युवरण गरेका छन् ।

पूरानो प्रतिक्रियावादी संसदीय व्यवस्थाका विरुद्ध कम्युनिस्ट पार्टीले संचालन गरेको आन्दोलनमा बटाला आमुल परिवर्तनका लागि एकीकृत जनक्रान्तिको पहिलो सहिद बन्न पुगेका छन् ।

माल्कोटको मतदान केन्द्रलाई नियन्त्रणमा लिने आन्दोलनमा अग्रणी भूमिका खेलेका बटालाले आफुलाई महान् सहिदका रुपमा दर्जन गर्न पुगेका छन् ।

माल्कोटमा घाइते भएका अरु घाइतेहरुलाई आजै हेलिकप्टरबाट काठमाडौं ल्याइदैछ । घाइतेहरु दानबहादुर बटाला, कुलबहादुर बटाला र व्यासी विकलाई आज काठमाडौं ल्याउन थालिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार