नेपाल कम्युनिस्ट पार्टीको केन्द्रले कालिकोटको माल्कोटमा प्रहरीले चलाएको गोलीबाट उच्च मृत्युवरण गरेका धनरुप बटालालाई सहिद घोषणा गर्नुका साथै सो घटनाको प्रतिरोध गर्ने बताएको छ ।

आज कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले एक विज्ञेप्ती जारी गर्दै राज्य नांगो फासिवादी दमनमा उत्रेको बताएका छन् । साथै विप्लवले प्रचण्ड प्रतिक्रियावादी सत्ताको दलदलमा फसेको आरोप समेत लगाएका छन् ।
‘हाम्रो पार्टी प्रचण्ड सरकारको यसप्रकारको कायरतापूर्ण हत्याकाण्डको घोर भत्र्सना गर्दछ । कालिकोट, माल्कोटका जनताको विद्रोह, श्रमिक जनताको मुक्तिको महान मार्ग हो । जनयुद्धका प्रस्ताव र वलिदानहरुलाई अपमान गर्ने, प्रतिक्रान्ति लाद्ने दलाल संसदीय व्यवस्थाको विरुद्ध विद्रोहको बाटो सबै श्रमिक नेपाली जनताले अनुसरण गर्न र अघि बढ्न आवश्यक छ ।’ महासचिव विप्लवद्धारा जारी विज्ञेप्तीमा भनिएको छ ।
आफ्नो पार्टीले घाइतेहरुको उपचारको लागि सबै ग्यारेन्टी लिने समेत महासचिव विप्लवले विज्ञेप्तीमा उल्लेख गरेका छन् ।
‘उक्त संघर्षमा वलिदान गर्ने युवा धनरुप बटलालाई नेपाली क्रान्तिका महान सहिद घोषणा गर्दछौं । घाइते कमरेडहरुको उपचारको व्यवस्था गर्ने प्रतिवद्धतासहित शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यो दमनको उचित प्रतिरोध गरिछाड्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।’ जारी विज्ञेप्तीमा भनिएको छ ।
महासचिव विप्लवको विज्ञेप्तीको पूरा पाठ :








