
नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोट घटनाको विरोधमा जेठ २ गते देशव्यापी विरोध सभा गर्ने भएको छ ।
माल्कोट घटनामा प्रचण्ड नेतृत्व सरकारले बर्बर दमनको बाटो अपनाएको भन्दै कम्युनिस्ट पार्टीले सो घटनाको विरुद्धमा देशव्यापी भण्डाफोर कार्यक्रम गरिने बताएको छ ।
सोही घटनाको विरोधमा कम्युनिस्ट पार्टीले जेठ ५ गते देशव्यापी शोकसभा गर्ने निर्णय पनि गरेको छ ।
पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सोमबार एक विज्ञेप्ती जारी गर्दै प्रचण्ड सरकारको बर्बर दमन र हत्याको प्रतिरोध गरेर छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।







