काठमाडौं/नेपाली शोषित–उत्पीडित वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्यूरो बैठक महासचिव कमरेड विप्लवको अध्यक्षतामा सम्पन्न भएको बताइएको छ ।
पहिलो चरणको कथित स्थानीय निर्वाचन लादिएको र दोस्रो चरणको तयारीमा दलाल सरकार लागिरेहको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठक बसेर पहिलो चरणको आन्दोलनको समीक्षा गर्नुका साथै दोस्रो चरणका कार्यक्रमसम्बन्धी ऐतिहासिक निर्णय लिइएको बताइन्छ ।
कालिकोट जिल्लाको मालकोट निर्वाचन केन्द्रमा जनसहभागितासहितको कारवाहीले र फुकोट निर्वाचन केन्द्रका मतपत्र, मतपेटिकासहित सम्पूर्ण निर्वाचन सामग्री कब्जा गर्दै नष्ट गर्ने कारवाहीले सयौं कारवाहीहरूको नेतृत्व गर्दै जनतामा क्रान्तिकारी विकल्प दिन सफल भएको, जसले पार्टी संगठन शृद्धीकरण र सुदृढीकरणका लागि मापन गरेको छ ।
देशव्यापी रूपमा खारेजी अभियान प्रभावकारी रूपमा सम्पन्न भएका छन्, जसले पार्टीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा एउटा मजबुत शक्तिको रूपमा स्थापित गर्न सफल भएको छ ।
खारेजी अभियानले नेता, कार्यकर्ता र जनतालाई जुझारु बनाउँदै लगेको छ ।
दोस्रो चरणका कार्यक्रमहरू प्रभावकारी र सफल बनाउने भएको छ ।







