काठमाडौँ, जेठ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ बारामा आयोजित एक कार्यक्रममा फाष्ट ट्रयाक सडक आयोजनाको उद्घाटन गरेका छन् । फाष्ट ट्रयाकलाई नेपाली लगानीमा अगाडि बढाउने प्रतिबद्धता जनाएका प्रचण्डले आफ्नो कार्यकालको उत्तरार्धमा शिलान्यास गरेका हुन ।

यो संगै फास्ट ट्रयाकमा अब कसैको पनि व्यक्तिगत लगानी रहने छैन । काठमाडौंबाट निजगढ जोड्ने फास्ट ट्रयाकको नेपाली सेनाले चार वर्षअघि नै ट्रयाक खोलिसकेको छ । करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो परियोजनाको ट्रयाक नेपाली सेनाले एक अर्ब रुपैयाँ लागतमा ७६ किमी ट्रयाक खोलेको हो ।

योजना अनुसार काम हुँदा अबको चार वर्षमा नेपालकै लगानीमा सडक बन्छ । परियोजना बनाउन चारपटकसम्म टेन्डर भएर नौ वर्षसम्म कुनै काम हुन सकेको थिएन ।  तराई–मधेस जोड्ने काठमाडौं–निजगढ द्रुतमार्ग नेपालको आर्थिक विकासका लागि निकै महत्वपूर्ण योजना हो । फास्ट ट्रयाकले बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई समेत जोड्ने छ ।
विपक्षी एमालेले प्रचण्ड नेतृत्वको सरकारले भारतीय कम्पनीलाई निर्माण दिन लागेको भनेर आलोचना गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्रयाकलाई नेपाली लगानी अन्तर्गत नै निर्माण गर्ने गरी अघि बढाउने निर्णय मन्त्रीपरिषदबाट गराएका थिए ।

२०७३ पुसमा सरकारले भारतीय कम्पनी आइएल एन्ड एएफसीको प्रस्ताव रद्द गर्ने औपचारिक निर्णय गरेको थियो । गत बैशाख २१ गतेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार