आज प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लियनको जन्मदिन हो । उनको जन्म सन् १८८९ भएको थियो भने मृत्यु १९७७ मा भएको थियो । तर, दुई वर्षअघि मात्र के खुल्यो भने सन् १९५२ मा अमेरिकी जाशुसी संस्था ‘एफबीआई’ ले बेलायती जाशुसी संस्था ‘एमआई ५’ लाई च्याप्लिनको जिन्दगीबारे पत्ता लगाउन सहयोग मागेको रहेछ । दोश्रो बिश्वयुद्धपछिको त्यो समयमा अमेरिकी जाशुसी संस्थालाई च्याप्लिन कम्युनिष्ट हुन् भन्ने शंका रहेछ र त्यही कारण उसले च्याप्लिनको जिवनको रहश्य पत्ता लगाउन खोजेको रहेछ ।
अमेरिकाको हलिउड सिनेमा उद्योगका महान हस्ती च्याप्लिन अधिकांश समय बेलायत बस्थे, त्यही कारण अमेरिकी जाशुसी संस्थाले च्याप्लिनबारे पत्ता लगाउन बेलायती जाशुसी संस्थाको सहयोग मागेको थियो । तर, एमआई ५ ले च्याप्लिन कम्युनिष्ट भएको र अमेरिकाको सुरक्षामा उनले खतरा पुर्याउनसक्नेबारे केही सबुत जुटाउन सकेन ।
तर, अमेरिकी जाशुसी संस्थालाई बेलायति जाशुसी संस्थाले च्याप्लिन कम्युनिष्ट भएको कुनै प्रमाण नभेटिएको बताए पनि सन्तोष भएन र १९५३ मा अमेरिका बाहिर हिडेपछि च्याप्लिनलाई अमेरिका प्रवेश गर्न दिइएन । त्यसपछि जिवनकालभरी उनी प्राय स्विटजरलेण्डमा बसे ।
पछिल्लो समय मौन सिनेमामा काम गरेका च्याप्लिनले ग्रेट डिक्टेटर र मोर्डन टाइम्स जस्ता प्रख्यात सिनेमामा अभिनय गरेका थिए ।
एनडिटिभीबाट







