चितवन/भरतपुर महानगरपालिकाको मतगणनामा तनाव सिर्जना भएको छ । माओवादीले मतपत्र च्यातेपछि तनाव सिर्जना भएको आरोप लगाइएको छ।

मत गणनास्थलमा मेयर पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला मतगणनामा माओवादीका तर्फबाट एजेन्ट बसेका मधु न्यौपानेले मतपत्र च्यातेका थिए भनिन्छ ।

न्यौपाने माओवादीको वाईसीएल चितवनका जिल्ला इन्चार्ज हुन् । उनले मतपत्र च्यातेपछि तनाव बढेको बताइएको छ ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै माओवादीका प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका बताइन्छ ।  न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एमाले र माओवादी(काँग्रेस गठबन्धनका कार्यकर्ताबीच तनाव सिर्जना भएपछि प्रहरीलाई स्थिति सम्हाल्नहम्मे हम्मे परेको छ । प्रहरीले मतगणनास्थलमा लाठीचार्जसमेत गरेको छ । प्रहरीका एसपीले गोली हान्न आदेशसमेत दिएका छन् ।

अहिले मतपत्र सशस्त्र प्रहरीको घेराबन्दीमा छ । यसबारे आ–आफ्नै आरोप दावी रहेको छ ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार