नेपाल कम्युनिस्ट पार्टीले माल्कोट घटनाको विरोध गर्दै अछामका विभिन्न स्थानहरुमा शोकसभा तथा चुनाव खारेज अभियान सुरु भएको बताइन्छ ।
दोस्रो चरणको चुनावलाई केन्द्रित गरेर अछामको तुर्माखाँदमा जनसभा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् ।
तुर्माखाँद बजारबाट निस्केको र्याली सभामा परिणत भएको थियो । सभालाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आरपी तिमिल्सना र अखिल नेपाल जनस्वास्थ्य महासंघका अध्यक्ष डम्बर रावललगायत नेताले सम्बोधन गरेका थिए ।
चुनावले संसदीय व्यवस्थालाई पुनर्स्थापना गर्ने भएकाले आफ्नो पार्टीले खारेज गरेको नेता तिमिल्सिनाले बताए ।

केन्द्रीय सदस्य आरपी तिमिल्सिनाले भनेका छन् –
बुर्जुवासत्ताको चुनाब आफैँमा जालझेल, षड्यन्त्र र पैसोको आडमा खराब पात्रहरुको चयन गर्ने प्रक्रिया हो जसबाट पुँजीवादी राज्य व्यवस्थाका एकाइगत उत्तराधिकारहरु विकसित हुँदै जान्छन ।
पछिल्लो समयमा नेपालमै पनि राजनैतिक आबरणभन्दा व्यापारी, ठेकेदार र धनवानहरुको प्रतिनिधित्व चुनावी प्रतिस्पर्धा मा ह्वात्तै बढेको देखिन्छ ।
यसको पृष्ठभूमिमा संकटग्रस्त पुँजीवाद र अमेरिकी चुनाबमा ट्रम्पजस्ता पात्रको उदय हुनु अर्थपूर्ण रुपले हेरिनुपर्छ । भारतीय राजनीतिमा पनि हिन्दु कट्टरवादको बढोत्तरी, मोदीको उदय अनि पछिल्लो समय उत्तर प्रदेशमा स्वामी आदित्यनाथको सत्तारोहणले पनि के कुराको संकेत गर्छ भने संकटग्रस्त पुँजिवाद अब आफ्ना असली दारा नङ्रासहित श्रमिकवर्गमाथि निर्ममतापूर्वक जाइलाग्ने निश्चितप्रायः छ।







