प्रचण्ड नेतृत्वको दलाल सरकारले आफु चुनाव हार्ने अवस्थामा पुगेपछि आफैँ सहभागी एजेन्डामार्फत भरतपुरमा मतपत्र च्यात्ने र कथित लोकतन्त्रकै मान्यताअनुरुप चुनाव खारेज घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई घर–घरमै गएर गिरफ्तार गर्ने अनि अदालतको आदेशमा धरौटीमा छुटेकालाई पनि पुनः अर्को मुद्दामा फसाई अन्य जिल्लामा लगेर थुन्ने कथित फासीवादी चरित्र देखारहेको छ ।

सुनिन्थ्यो, कुनै बेला चितवनमा एउटा एक दाँते धुर्बे हात्तीले जताभावी मान्छे मार्दै हिडेपछि अन्ततः गोली हानेर मार्नुपरेको थियो, अब प्रचण्डको नेतृत्वको धुर्बे दलाल सरकारका विरुद्ध पनि नेपाली जनताले बन्दुक उठाउनैपर्ने भो ।
कथित चुनावलाई नै खारेज गरेर हिँडेका पार्टीका हामी कार्यकर्तालाई भरतपुरमा भएको मतपत्र च्यात्ने कथित घटनाप्रति हाम्रो कुनै चासो छैन र हुने कुरा पनि भएन तर त्यहाँ झगडाको सुरुवात माकेकै कार्यकर्ताले गरेका हुन् भन्ने कुरा मिडियामा आएको भिडियोले पनि देखाउँछ ।
फेरि पनि संसदवादीहरुकै बीचको लफडाको छिनोफानो उनले नै लगाउलान्, हाम्रो टाउको दुखाइ छैन । जहाँसम्म एकजना मित्रले कुरा उठाउनुभएछ, हामी माओवादी होइनौँ र एकताबाट आएका हौ । अर्को मित्रले भन्नुभएछ– एमालेले भन्न लगायो कि ? ठिकै छ, आफुलाई लागेको कुरा भन्न पाइन्छ तर सत्य अर्कोतिर पनि हुन सक्छ ।
पहिलो कुरा त, म जन्मजात माओवादी हो र जनयुद्धमा सबैभन्दा बढी आफन्त र परिवारजन गुमाउनेमा पर्छु । म एकतामा आएको हैन, प्रचण्डपथ आउँदा विमति राखेर फरक धारमा गएको र प्रचण्डपथ हट्दा ध्रुवीकृत भएको हुँ । प्रचण्डले एमाओवादी हुँदा विद्रोहको कार्यदिशा लिँदा समर्थन र छोड्दा विद्रोह गरेको हुँ ।
जनयुद्धको र सहिद परिवारको ब्याज कहिलै खाएको छैन, २०५१ सालमा भूमिगत भएदेखि परिवार र निजी सम्पत्तितर्फ अहिलेसम्म पनि फर्किएको छैन । जनवाद र समाजवादप्रतिको आस्थाबाट कहिलै विचलित भएको छैन र अब पनि हुनेछैन । बरु साथीहरूले बुझे हुन्छ कि माके र एमालेको कार्यदिशा एउटै भएकोले एउटै पार्टी बन्नेछ ।
चुनावको बेला हुने संसद्वादी दलालहरुको बीच हुने झगडा भनेको संसदीय भागबण्डा को लागि मात्रै होर वर्गीय होइन, यसमा हामी भ्रमित हुनुहुँदैन ।







