नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना भएको छ ।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी विमानस्थलमा ल्याण्ड गर्ने क्रममा नजिकैको खेतमा दुर्घटनामा परेको हो ।

नेपाली सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो ।

बाजुरा प्रहरीका अनुसार उद्धारका लागि प्रहरी नायब निरिक्षक लोकसिंह भाटको नेतृत्वमा म्यादी प्रहरीसहित ५० जनाको टोली खटाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार