काठमाडौं/मोहन वैद्यले नेतृत्व गर्नुभएको क्रान्तिकारी माओवादीनिकट ‘मूलबाटो’ अनलाइन पोर्टलमा अन्तर्वार्ता दिदै सोही पार्टीका नेता हरिभक्त कँडेलले भन्नुभएछ, “विप्लवजीहरुले गरेको निर्वाचन बहिस्कार ‘अवसरवादी बहिस्कार हो ।”

अन्तर्वार्तामा थप भनिएको छ, “ बहिस्कारको नाममा आर्थिक आर्जन गर्ने र आफ्नो पार्टीको अस्तित्व धान्न र सस्तो लोकप्रियताको लागि मात्र बहिस्कारवादीहरुले बहिस्कार गरेजस्तो देखियो । विप्लवजीहरुले गरेको बहिस्कार अवसरवादी बहिस्कार हो । कार्यनीति कार्यदिशासँग जोडिनु पर्दछ । उनीहरुको कार्यदिशा नै छैन ।”

कँडेलको उक्त भनाइबाट जनता आक्रोशित भएका छन् । जनयुद्धको लक्ष्य र उद्देश्यलाई पुनस्र्थापित गर्न, नेपाल राष्ट्रलाई साम्राज्यवादबाट बचाउन, वर्ग समन्वयवादका विरुद्ध लड्न, यो सरकार र दलाल पार्टीको फासीवादी चरित्र नङ्ग्याउन, वैज्ञानिक समाजवादको बाटो अलमलिन नदिई क्रान्ति अघि बढाउन नेपाल कम्युनिस्ट पार्टीले कथित स्थानीय चुनाव खारेजी अभियान अघि बढाइरहेको छ ।

अहिले ‘‘एकीकृत जनजागरण तथा प्रतिरोध अभियान’ निरनतर जारी छ । नेपाल कम्युनिस्ट पार्टीको चुनाव खारेज अभियानलाई हरिभक्त कँडेलको यस्तो कुरा आउनु सामान्य हुनै सक्दैन । यो कसै न कसैको उक्साहट हुनुपर्दछ ।

दलाल सरकारद्वारा मध्यरातमा घर–घरमा छापा मार्ने, धरपकड गर्ने, सयौं कमरेडहरूलाई गिरफ्तार गरी हिरासतमा यातना दिने, झुठा मुद्दा लगाउने, अनावश्यक धरौटीको माग गर्ने र प्रताडित गर्ने काम किन हरिभक्तहरुले देखेनन् ?

एक राजनीतिक विश्लेषक भन्छन्– दलाल संसदीय सत्ताले गरेको निर्वाचनमा भाग लिने क्रान्तिकारी हुने, त्यसलाई पूरै खारेज गर्न संघर्ष गर्नेचाहिँ अवसरवादी हुने भन्ने कुरा गर्नेहरु खतरानाक मानिस हुन्, यस्तो कुरा गर्ने मानिस प्रतिक्रियावादी भरौटेबाहेक अरु हुनै सक्तैन ।

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार