१९ जेठ, शुक्रबार साँझ अर्थमन्त्रालयका एक सहसचिव ललितपुरस्थित होटल ग्रीनबीच भिलेजतिर हान्निए । उनी उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बोलाएको डिनर पार्टीमा सहभागी हुन गएका थिए । जब उनी ग्रीनबीच आसपास पुगे— मोबाइलमा डिनर कार्यक्रम रद्द भएको सन्देश आयो ।

मन्त्रालयबाट घर पुग्न नपाउँदै हतार–हतार डिनर हान्निएका उनी आश्चर्य मान्दै ग्रीनबीच नपुगी घरतिर फर्किन बाध्य भए ।

अर्थमन्त्री महराले गत जेठ १५ गते संसदमा पेश गरेको आर्थिक वर्ष २०७४—०७५ को बजेट निर्माणमा सहयोग पुर्याएको खुसीयालीमा आन्तरिक राजश्व विभागका महानिर्देशकसहित विभागअन्तर्गतका विभिन्न कार्यालय र मन्त्रालयका सहसचिवस्तरका कर्मचारीलगायत गरी लगभग १०० जनालाई शुक्रबार साँझ डिनरमा बोलाएका थिए ।

तर, सोही दिन आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेपछि डिनर पार्टी एकाएक रद्द भयो ।

बजेट कार्यान्वयनमा सहयोग पुर्याएको खुसीयाली तथा सम्बन्धित कर्मचारीलाई धन्यवाद दिने उद्देश्यले अर्गमन्त्री महराले बोलाएपनि अन्तिम समयसमा पार्टी रद्द हुनुको मुख्य कारण शर्मा पक्राउ हुनु नै थियो ।

उनले पार्टीमा जाँदै गर्दा ‘विशेष कारणले डिनर रद्द भएको’ भन्ने व्यहोराको सन्देश आफ्नो मोबाइलमा आएको भन्दै सोलगत्तै बीचबाटोबाटै घर फर्किएको जानकारी दिए । सो पार्टीमा महराले सम्बोधन गर्ने र धन्यवाद दिने कार्यक्रमसमेत तय भएको थियो ।

शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्वाभाविक रुपमा कर मिनाहा गरेर राज्यलाई अर्बौं रुपैयाँ घाटा पारेको आरोपमा नियन्त्रणमा लिएको थियो ।

राज्यलाई अर्बौं घाटा पारेको सम्बन्धमा बयानका लागि अख्तियारमा उपस्थिती गराइएको र सोहीक्रममा पक्राउ गरिएको अख्तियार स्रोतको भनाइ छ ।

लुम्धध्वज महतको अध्यक्षतमा बनेको कर फर्स्यौट आयोगले शर्माकै मिलेमोतोमा अस्वभाविक रुपमा अर्बौं रुपैया कर मिनाहा गरेको र राज्यलाई घाटा पारेको प्रतिवेदन तयार गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा शर्मालाई बयानका लागि अख्तियार लगिएको थियो ।

स्रोतको दावी छ– यो प्रकरणमा अर्थमन्त्री कृष्णबहादुर महरा र महानिर्देशक चूडामणि शर्माका बीच गहिरो र अस्वाभाविक कनेक्सन रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार