जेठ २१, सल्यान ।
सल्यानमा चुनाव विरोधी गतिविधि गरेको आरोप लागेका ४ जनालाई धरौटीमा छाडेर पुनः पक्राउ गरिएको छ । चुनावका बेला चुनाव विरोधी गतिविधि गरेको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेका उनिहरुलाई सार्वजनिक मुद्द्धा लागेको थियो ।
हिरासत र कारागारमा गरि १ महिना भन्दा बढि थुनामा रहेपछि उनिहरुलाई आज जनहि ५/५ हजार गरि जम्मा २० हजार धरौटी तोकेपछि आवश्यक प्रक्रिया पुराएर छुटेर बाहिर निस्कने वित्तिकै छोपिएको हो ।
छुट्ने वित्तिकै पक्राउ परेका शारदा नगरपालिका १ का घनश्याम वि.क., दार्म गाउपालिका ३ का मोहन के.सी., ढोरचौर गाउपालिका १ का सुकलाल बस्नेत र रोल्पा सुकिदह गाउपालिका ४ का टोप बहादुर डाँगी हुन ।
उनिहरुलाई आफुहरु रिहा भएको अनुभुति नहुदै १ मिनेटमा नै पक्राउ गरिएको हो । सुनचाँदी पसल गरिरहेका आफ्ना बुवा महिनौ भन्दा बढि जेलमा हुदा व्यवसायीक रुपमा परिवारमा अत्यन्तै घाटा पुगेको घनश्यामका छोरा संगित नेपालीले बताएका छन । उनले बुवा घरमा रहेको पसलमा काम गरिरहेका बेला आज भन्दा १ महिना अघि बैशाख २१ मा घरबाट गिरप्तार गरिहेको आज छोड्न भनेपछि धरौटी शुक्रबार नै बुझाएको तर आज कागज बनाएर छाड्ने वित्तिकै गिरप्तार गरिएकोमा दुःख व्यक्त गरेका छन ।
छोरीले चुनावमा हार्ने भएपछि योजनावद्ध मत पत्र च्यात्ने कार्यकर्तालाई २ दिन नहुदै रिहा गर्ने प्रचण्डको सरकारले आफ्ना जनयुद्धका कार्यकर्ताको दुखलाई पनि बुझ्नुपर्ने बताएका छन ।
रोल्पा सुकिदह गाउपालिका ४ का टोप बहादुर डाँगी पनि १ महिना अगाडी बाँफुखोला आफन्तको घरमा रहेकैबेला प्रहरीले पक्राउ गरेको हो । उनका परिवारका अनुसार उनि प्रेसरको विरामी अवस्थामा नै हिरासत र कारागारको प्रेसर खेपेको परिवारजनले बताएका छन ।
दार्म गाउपालिका ३ का मोहन के.सी. घरमा रहेको अवस्थामा नै प्रहरीले पक्राउ गरेर ल्याएको १ महिना भन्दा बढि भएको छ । ढोरचौर गाउपालिका १ का सुकलाल बस्नेत कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन । अखिल क्रान्तिकारीमा आवद्ध भएका उनलाई पनि चुनाव विरोधी गतिविधि गर्नेहरुलाई पक्राउ गर्ने क्रममा घरबाटै ३२ दिन अघि छोपिएको परिवारले बताएका छन । कक्षा ११ को परिक्षा दिनलाई तयार गर्नेक्रममा उनले फेरी अर्को चरणको चुनाव नहुदासम्म हिरासतमा बस्नुपर्ने बाध्यता रहनेछ । उनको कक्षा ११ को परिक्षाका लागि पनि प्रश्न चिन्ह देखिएको छ ।
नेकपा सल्यानका इन्चार्ज डिल्लीराज शर्मा विश्वले आफुहरुको शन्तीपुर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप गरेको र चुनाव सकिदा पनि कार्यकर्तालाई धरपकड र हस्तक्षेप गर्नु सरकारको नालायपन भएको बताएका छन ।
स्थानिय चुनाव भैसकेको सल्यानमा हिरासतमा राखेर कानुन अनुसार छाडेकालाइ पनि किन छोप्नुपर्ने भन्ने प्रश्न राख्दा
सल्यानका प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकीले त्यो आफुहरुले अदालतको आदेश अनुसार धरौटीमा छाडेको निर्वाचनका बेला नराम्रो गतिविधि हुने भएकाले गृह मन्त्रालयकै निर्देशन अनुसार गरिएको बताएका छन ।
त्यस्तै प्रहरी नायव उपरिक्षक श्याम केसीले देशैभर चुनाव नहुदासम्म विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्तालाई जहाँ देख्यो त्यहि छोप्नुपर्ने निर्देशन भएकाले त्यसो गरिएको बताएका छन । उनले चुनाव सकिएपछि सबैलाई छोडिने उनले बताएका छन । चुनाव सर्नु पनि उनिहरुको कैद भुक्तानीको समय बढ्नु भन्दै उनले चुनाव अवधिभर बस्नुपर्ने बताए ।







