काठमाडौं/शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला २०५८ सालमा मुलुकमा पहिलोपटक संकटकाल घोषणा गरियो । माओवादीका विरुद्ध आक्रामक कारवाही गर्ने भन्दै उनले सेना परिचालनसहित संकटकाल घोषणा गरिएको थियो ।

राज्यका तर्फबाट ठूलो मात्रामा हातहतियार खरिद गर्नुपर्ने र त्यस काममा मोटो रकम प्राप्त हुने भएपछि देउवाले संकटलाई मलजल गर्ने काम गरेका थिए । यो काम गर्न देउवा दरबारसँग मिलेका थिए ।

१३ वर्षपछि देउवा चौथोपटक प्रधानमन्त्री बन्न लाग्दैछन् तर माओवादीकेन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको प्रधानमन्त्रीत्वकालमा दाहालकै काँधमा बन्दुक राखेर पड्काउने योजनामा रहेका उनले यसपटक मुलुकलाई झन् संकटमा फसाउने कुरामा कुनै शंका छैन ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने सन्दर्भमा मुख्य भूमिका खेलेका विषयमा होस् वा प्रहरी संगठनभित्र भाँडभैलो मच्चाउने, विधिको शासनभन्दा बहुलठ्ठी शासन कायम गर्ने र सत्ताका निम्ति न्यूनतम राजनीतिक मूल्य, मान्यताहरुलाई विसर्जन गर्ने काममा देउवाले नेपथ्यमा रहेर गरेका छन् ।

जम्बो मन्त्रिपरिषद्, पजेरो संस्कृति, सांसद किनबेच, महाकाली सन्धि, संसद् विघटन, पार्टी विभाजन, संकटकाल घोषणा जस्ता काम गरेर संकटका संवाहकको छवि बनाएका देउवाका कारण जनता त्रसित हुन थालिसकेका छन् ।

यस्ता छन् देउवाका विशेषता : माओवादी जनयुद्धका चरम दमनकर्ता, पजेरो संस्कृतिका पिता, सांसद खरिद–बिक्रीका सूत्रधार, महाकाली सन्धिका मसिहा, दरबारसमक्ष लम्पसार …

तस्बिर- पहिलोन्यु

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार