माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले पार्टीबाट देउवा सरकारमा नेतृत्व गरेर जानको लागि आफू उपर्युक्त पात्र रहेको जिकिर गरेका छन् ।

राजधानीमा रिपोटर्स क्लवले आयोजा गरेको एक कार्यक्रममा रायमाझीले आफुले पार्टीले नेतृत्व गरेर सरकारमा जान पाउनु पर्ने समेत बताएका छन् ।

‘पार्टीबाट अब बन्ने सरकारमा कसले नेतृत्व गर्ने र को को सहभागी हुने भन्ने विषय छिट्टै टुँगो लाग्छ, यसमा पार्टी नेतृत्वले जिम्मेवार भएर निर्णय गर्छ भन्ने मैले विश्वास लिएको छु।’

तपाईले अब बन्ने सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्न पाउँ भनेर दाबी गर्नुभएको छ अरे नि त भन्ने पत्रकारको प्रश्नमा रायमाझीले भने,‘म संसदीय दलको उपनेता हुँ, म दाबेदार भन्दापनि यो कुरा स्वभाविक हुनपर्ने हो।’

उनले संविधान कार्यान्वयनको लागि आगामी माघ ७ गतेभित्र तीन तहकै निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेकोले सबै दल जानुपर्ने बताए । उनले सकेसम्म सहमतीय सरकार गठन गर्दा राम्रो हुने विश्वास व्यक्त गरे ।

उनले भने,‘राजपालाई नै चुनावमा सहभागी गराउनको लागि सरकारले पटक पटक चुनावको मिति सारेको हो, त्यसैले राजपाले अब आफ्नो एजेण्डा जनतामा लैजानको लागि चुनावमा भाग लिनु नै उत्तम हुन्छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार