दाङमा स्थानीय निकायको चुनाव खारेज अभियान अन्तरगत शान्तिपूर्ण तरिकाले एकीकृत जनजागरण अभियान सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीका ४ जना जिल्ला सदस्य पक्राउ परेका छन् ।

दाङकाे भालुबाङबाट भीमप्रकाश पुन, गंगापरस्पुरबाट मान बहादुर बोगटी, हापुरबाट किसन र ढिकपुरबाट हरि गरी ४ जनालाई घरायसी काम गर्दागर्दै प्रहरीले पक्राउ गरेको नेकपा दाङले जनाएको छ ।

शान्तिपूर्ण तरीकाले आफ्नो विचार जनतामाझ राख्न पाउँनु कुनैपनि राजनैतिक पार्टी र व्यक्तिको नैसर्गिक अधिकार भएता पनि उक्त अधिकारको खिल्लि उडाउँदै सरकारले देशव्यापि धरपकड गर्ने र झुट्टा मुद्दामा फसाउँदै आएको छ ।

घरायसी काम गरिरहेको बेला विना कारण गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको छ । गिरफ्तार गरिएका आफ्ना नेताकार्यकर्तालाई तुरुन्त रिहा गर्न प्रशासन समक्ष नेपाल कम्युनिस्ट पार्टीले जोडदार माग गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार