४०औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रीमन्डल बनाउने भएका छन् ।

आज प्रधानमन्त्रीमा निर्वाचित भएपछि सम्भव भए आजै नभए भोलि सानो मन्त्रीमन्डल बन्नेछ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि शपथग्रहणमा देउवाले समर्थनमा रहेका र सरकारमा जान इच्छुक दलबाट पहिलाृे चरणमा ७ जनासम्मको मन्त्रिमंडल बनाउने तयारी छ ।

पहिलो चरणमा कांग्रेसबाट थोरै संख्यामा मात्र मन्त्री बन्ने र सबै दललाई समेट्ने गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए ।

निधिले माओवादी केन्द्र, कांग्रेस र फोरम लोकतान्त्रिकबाट केही मन्त्री बन्ने बताए । पहिलो चरणमा राप्रपाबाट भने सहभागी नहुने बताए ।

स्रोतका अनुसार पहिलो चरणमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य, गोपालमान श्रेष्ठ र फरमुल्लाह मन्सुरले शपथग्रहण गर्ने सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार