
भारतमा नयाँ जनवादी गणतन्त्र प्राप्तिका लागि सशस्त्र संघर्ष गरिरहेका भारतीय माओवादीहरुको प्रभावले पछिल्लो समयमा निकै ठुलो आयातन लिएको एक अध्ययनले देखाएको छ ।
भारतीय सरकारी पक्षको माओवादी विरोधी तेलंगना राज्य प्रहरीको स्पेशल इन्टेलिजेन्स ब्रान्चले तयार पारेको अध्ययनअनुसार माओवादीहरुसँग हाल २ लाख मास बेस्ड कार्यकर्ता रहेको र १० हजार स्पेशल लडाकु फोर्स रहेको देखाएको छ ।
भारतीय एक समाचार न्युज एजेन्सीलाई आधार बनाएर रेडस्पार्क अनलाइनले लेखेअनुसार भारतीय माओवादीहरुले चार हजार सशस्त्र कम्पनी फर्मेशन समेत निर्माण गरेको सरकारी जासुशी निकायले बताएको छ ।
यो बीचमा भारतीय माओवादीहरुले छतीसगढको सुक्मालगायत कयौं ठाउँमा ठूलो स्केलमा सरकारी सुरक्षाकर्मीमाथि दिउसै आक्रमण गर्नथालेपछि सरकारी सुरक्षा चुनौति बढेर गएको छ ।
भारतमा भारतीय मााओवादीहरुले दशकौ वर्षदेखि दीर्घकालीन जनयुद्धको बाटो अंगालेर सशस्त्र संघर्ष संचालन गरिरहेका छन् ।







