शेरबहादु देउवा तिनै प्रधानमन्त्री हुन् जसलाई तत्कालीन संयुक्त जनमोर्चाका तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुँदे माग प्रस्तुत गरिएको थियो ।

त्यतिबेला ती माग पुरा गर्न देउवा गम्भीर बनेनन् र २०५२ फागुन १ गते नेकपा माओवादीले जनयुद्ध घोषणा ग¥यो । सो जनयुद्ध १० वर्ष चल्यो ।

देउवाले नै माओवादी सखाप पार्ने भन्दै मुलुकमा संकटकाल घोषणा गरे । देउवाले नै माओवादी नेतालाई आतंककारी घोषणा गरेर टाउकाको मोलसमेत तोक्ने काम गरेका थिए ।

तर, २३ वर्षपछि परिस्थिति भिन्न भयो । जसले आफ्नो टाउकाको मूल्य तोक्यो, तिनैलाई प्रधानमन्त्री बनाउन माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुख्य भूमिका खेले । दाहालकै बलियो समर्थनमा देउवा मुलुकको देउवा मुलुकको ४० औं प्रधानमन्त्री हुन सफल भए ।

डा. बाबुराम भट्टराइले देउवालाई सघाउने दाहालको भूमिकालाई आश्चर्यको रुपमा लिएका छन् । ‘जसले माओवादी सिध्याउन संकटकाल लगाए, आतंकककरी घोषणा गरे, जसले टाउकाको मोल तोके, आज उनैलाई माओवादीका सर्वोच्च कमाण्डरले प्रधानमन्त्री बनाउन सहयोग गरेको देखियो,’ भट्टराइले भने, ‘माओवादीकै समर्थनमा प्रधानमन्त्री हुनु भनेको शेरबहादुर देउवाजीको जित हो ।’

माओवादीकेन्द्र र नेपाली कांग्रेसबीचको मिलोमतोलाई नेपाली राजनीतिक क्षेत्रमा अर्थपूर्ण रुपमा हेरिएको छ । राजनीतिक विश्लेषण गर्दै माओवादीकेन्द्रमा केन्द्रीय सदस्य आरसी न्यौपाने भन्छन् –

“एक चीन नीतिका विरोधी कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको गोवामा दलाई लामाका प्रधानमन्त्रीसँग कुममा कुम जोडेर फ्री तिब्बतको पक्षमा खुलेरै आएको कुरा पछिल्ला घटनाक्रमबाट उजागर भइसकेको विषय हो । यस घटनाबाट दुखित भएको छिमेकी चीन प्रधानमन्त्री देउवासँग सशंकित मात्र होइन, ‘पर्ख र हेर’ को नीतिमा रहेको कुटनीतिक स्रोत बताउँछ ।”

“यसबाट प्रस्ट छ, एन्टी चाइनिज प्0रधानमन्त्री देउवा नेतृत्वको सत्तासाझेदारीमा माओवादीकेन्द्रको सहभागिता ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ सायद । माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्नेहरुले दुई छिमेकी चीन–भारतमैत्री बाह्य सन्तुलमुखी विदेशनीति अख्तियार गर्नबाट नचुकोस् ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार