
नेपाल कम्युनिष्ट पार्टी, प्युठानको जिल्ला समितिको बैठक बसिरहेको बेला सङ्कटकालको झल्को दिनेगरी घेरा हाली पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुबास, केन्द्रीय सदस्यहरू बन्धु चन्द, असल खड्कासहित एक दर्जन बढी जिल्ला सदस्यहरूलाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको जिल्ला बैठकमा प्रहरी हस्तक्षेप भएको छ । तीन केन्द्रीय सदस्यसहित एकदर्जनभन्दा बढी पक्राउले स्थानीय जनता कथित राज्य आतंक बन्द गर भन्दै आन्दोलित भएका छन् ।







