
नेपाल कम्युनिस्ट पार्टी निकट जनकलाकारहरुलाई रोल्पामा प्रहरीले आज बुधबार गिरफ्तार गरेको छ ।
प्रहरीले दर्जनको संख्यामा कलाकारलाई गिरफ्तार गरेको हो । एकीकृत जनजागरण कार्यक्रममा सहभागी भई घर फर्कने क्रममा उनीहरुलाई रोल्पाका प्रहरीले मंगलबार गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेहरुमा जनसाँस्कृतिक टोलीका सदस्यहरु दुईखोली गाउँपालिका–३ इरिबाङका रोशनी डाँगी, तारा परियार, सुनछहरी गाउँपालिका–५ का कृष्ण पुन, समिर पुन, ज्योती पुन मगर रहेका छन् ।
त्यस्तै रोल्पा नगरपालिका–६ का वीरेन्द्र पुन, भूमि गाउँपालिका–९ की श्रृष्टिना पुन, लुङ्ग्री गाउँपालिका–१ की मञ्जु घर्ती, त्रिवेणी गाउँपालिका– ६ की प्रभा खड्का र बिना पुनलगायत छन् । बाँकीकाे नाम थाहा हुन सकेकाै छैन । उनीहरुलाई पाछाबाङमा सांस्कृतिक कार्यक्रम सम्पन्नपछि दुईखोली गाउँपालिकाको इरिबाङ पुगेका बेला गिरफ्तार गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघका साँस्कृतिककर्मीहरुलाई बिनाकारण कारण गिरफ्तार गरेको भन्दै महासंघका महासचिव खेम थपलियाले भत्सर्ना गरेका छन् ।







