
माओवादी केन्द्र अध्यक्ष प्रचण्डले घरमा गर्भवती श्रीमती रहेर पनि अर्की कान्छी श्रीमती विवाह गर्नेलाई पार्टीमा भव्य स्वागत गरेका छन् ।
प्रचण्डको पछाडी पहेँलो खादा लगाएर उभिने मान्छे मेखराज परियार हुन् । ती मेखराज परियार नामका ती व्यक्ति विशेन्द्र पासवानको दलित जनजाति पार्टीमा रहेको र त्यो पार्टीमा रहँदा विदेश पठाइदिन्छु भन्दै कयौं युवाबाट पैसा समेत लिएका थिए ।
पछि पार्टी अध्यक्ष विशेन्द्र पासवानले कार्वाही गरेपछि परियार बहुजन शक्ति नामको पार्टीको महासचिव बनेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
अचम्मको त के भएछ भने परियारले भित्राएको नयाँ र कान्छी श्रीमती पढ्दै गरेकी विद्यार्थी हुन् । ती विद्यार्थीलाई विदेश पठाइदिन्छु भनेर पछि उनले प्रलोभन देखाएर विवाह गरेको उनका बुबाले बताउने गरेका छन् ।
माओवादी केन्द्रमा ठग, व्यभिचारीजस्ता मान्छेहरुको हालीमुहाली बढ्न थालेपछि त्यहाँभित्रका इमान्दार नेता कार्यकर्ताले सो पार्टी छोड्न थालेका छन् ।







