नेपाल कम्युनिस्ट पार्टी झापाले आफ््ना दुई जिल्ला समिति सदस्यलाई प्रहरीले विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको भन्ने समाचार झुठो र कपोल्पित भएको जनाएको छ ।

कम्युनिस्ट पार्टी झापा जिल्ला इन्चार्ज उमेशले आज शुक्रबार एक विज्ञेप्ती जारी गर्दै प्रहरी प्रशासनले आफ्ना पार्टी कार्यकर्तालाई फसाउन विस्फोटक पदार्थसहित कव्जा गरेको झुठो आरोप लगाएको स्पष्ट पारेका छन् ।
काठमाडौंबाट झापा फर्कने क्रममा ती कार्यकर्ताहरुलाई रौतहट प्रहरीले रौतहटको एक होटलमा विस्फोटक पदार्थसहित नियन्त्रणमा लिएको भन्ने खबर पूरै झुठो रहेको कम्युनिस्ट पार्टी झापाले विज्ञेप्तीमा उल्लेख गरेको छ ।
आफ्ना गिरफ्तार जिल्ला सदस्यहरुलाई अविलम्ब रिहा गर्न झापाले प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।
रिहा नगरे दलाल सत्ताका विरुद्ध कडा संघर्ष संचालन गरिने समेत पार्टीले जनाएको छ ।
विज्ञप्तिको पूर्ण पाठः
दलाल, भ्रष्ट र पतित राष्ट्रघाती संसदीय व्यवस्थाको रक्षाको लागि दलाल सरकारद्वारा देशैभर नेकपाका नेता कार्यकर्ताहरुलाई गैरकानूनी ढंगले पक्राउ गर्ने र गैरजिम्मेवारपूर्ण तरिकाले बनिबनाउ झुठा मुद्दा चलाउने कार्य तीव्र रुपमा गरिरहेको छ ।
यही क्रममा २०७४ जेठ २५ गते नेपाल कम्युनिस्ट पार्टी झापाको जिल्ला सचिवालय सदस्यद्वय ताराबहादुर थापा ‘प्रशान्त’ र दिलिप थापा ‘दिलिप’ व्यक्तिगत कामको सिलसिलामा काठमाडौंबाट झापा भर फर्के क्रममा रौतहट चन्द्रपुरको सुदर्शन होटलको कोठा नं. १०५ मा बास बसेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रौतहटले सुनियोजित र बनिबनाउ ढंगले विस्फोटक पर्दाथसहित पक्राउ गरिएको भनी समाचार सम्प्रेषण गरेकोप्रति हाम्रो जिल्ला पार्टी घोरनिन्दा र भत्र्सना गर्दछ ।
साथै पक्राउ गरिएका कार्यकर्ताहरुको तुरुन्त रिहाइको माग गर्दछ । यदि झुठा अभियोग लगाई मुद्दा चलाउने कार्य भएमा यसको प्रतिवाद संघर्षबाट हुनेछ । त्यसबाट उत्पन्न हुने सम्पूर्ण घटनाको जिम्मेवार दलाल सरकार र गृहप्रशासन हुने जानकारी समेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौं ।
………….
उमेश
ईन्चार्ज, झापा







