काठमाडौं/डाक्टर सुन्दरमणि दीक्षितले मुलुक सिद्धान्त र विचारका आधारमा चल्नुपर्ने बताएका छन्। पछिल्लो चरणमा काँग्रेस र माओवादीबीचको गठबन्धनबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो कार्यकाल विचारको हिसाबभन्दा पनि सत्ताको लोभबाट बनेको उनको गुनासो छ ।

उनले भने, ‘यसले मुलुकलाई सहज अवस्थामा पुर्याउँदैन, कुनैबेला टाउकाको मूल्य तोक्ने र गोली ठोक्नेहरू आज कुन विचारको आधारमा एक भए ? यसभित्र ठूलो रहस्य छ, सत्ता हत्याउने र परिवारलाई निर्वाचनमा जिताउनको लागि मात्रै हो।

स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको लागि देउवा र प्रचण्डलाई मधेशमा गएर त्यहाँका जनताको आवाज सुन्नसमेत उनले सुझाव दिए । उनले भने– अब भारतसँग निर्वाचनमा लड्ने पैसा माग्ने होइन।

सत्तामा बस्नका लागि शिर निहुराउने होइन, भारतका प्रधानमन्त्री मोदीले नेपाललाई हेर्ने दृष्टिकोण निकै फरक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार