
असार १४ हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन सार्न राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ । तर सत्तारुढ दलहरूले अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आह्ववानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले आफ्ना राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका थिए।
राजपाले चुनावको मिति सार्न आग्रह गरे पनि सरकार गठबन्धनका दलहरुले भने यसलाई अस्वीकार गरेका छन् । बैठकमा राजपा नेताहरुले बरु चुनाव सारेर भए पनि संविधान संसोधनमा लाग्नु पर्ने राय राखेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
यसैगरी, बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै का्रग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले राजपा नेताहरुलाई चुनावमा जान केही प्राविधिक अफ्ठेरा भए निर्वाचन आयोगसँग कुराकानी गरेर मिलाउन सकिने तर चुनाव सार्न नसिकने कुरा गरेको बताए ।







