यसपटकको स्थानीय निर्वाचनमा माओवादी केन्द्रको मतसंख्या ठूलो मात्रामा घटेको छ ।

पहिलो संविधानसभा निर्वाचनभन्दा दोस्रो संविधानसभा निर्वाचनमा भारी मात्रामा घटेको मतसंख्या यसपाली स्थानीय निर्वाचनमा पनि ठूलो मात्रामा मतसंख्या घटेको छ । यसपटकको स्थानीय निर्वाचनमा माओवादी केन्द्रको १ लाख ४३ हजार ६ सय ९० मत घटेको छ ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचन र यसपटकको स्थानीय निर्वाचनको मतपरिणामलाई हिसाव गर्दा निर्वाचन आयोगले तयार पारेको मतरिणामअनुसार माओवादी केन्द्रको मतसंख्या घटेको देखाइएको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको मतरिणामअनुसार माओवादी केन्दले सबैभन्दा धेरै मतसंख्या गोरखामा गुमाएको छ । जहाँ उसको १६ हजार बढी मतसंख्या घटेको छ । त्यसैगरी कास्कीमा ८ हजार, चिततवन ९ हजार मतसंख्या घटेको छ । त्यसबाहेक उसले काठमाडौं, ललितपुर, दोलखा, रसुवा, पर्वतलायत जिल्लामा ठूलो संख्यामा मतसंख्या घटेको छ ।

त्यसबाहेक देशभरि माओवादी केन्द्रले मतसंख्या घटेको निर्वाचन आयोगको मतरिणामलाई हेर्दा थाहाँ पाउन सकिनेछ ।

माओवादी केन्द्रको यतिधेरै मतसंख्या घटनुलाई राजनीतिक विश्लेषकहरुले उसको वैचारिक र राजनीतिक स्खलनलाई लिएका छन् ।

‘माओवादी केन्द्रको न विचार छ न त संगठन नै छ, यसैकारण उसको निर्वाचनमा ठूलो मत घटेको हो’ एक राजनीतिक विश्लेषक भन्छन्– ‘न संसदवादी न त क्रान्तिकारी नीति नभएकोले उसको मतसंख्या घट्नु स्वभाविक थियो ।’

सिद्धान्तमा माओवादी केन्द्रले वैज्ञानिक समाजवाद भन्ने गरेको तर व्यवहारमा पुँजीवादी बाटो अवलम्बन गरिरहेको हुनाले मतदाताहरुले सुझबुझका साथ प्रचण्डको नक्कली कम्युनिस्ट मुकुन्डोलाई पर्दाफास गरेको विश्लेषण गरिन थालेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार