आगामी २० वर्षको अवधिमा विश्वव्यापी रूपमा ५३ खर्ब डलरको विमानको आवश्यकता हुने एयरबसले जनाएको छ । यो अवधिमा ३४ हजार ८ सय ९९ विमानको आवश्यकता हुने विमान सेवा कम्पनीले जनाएको छ ।

हवाई यात्रामा चीनले अमेरिकालाई उछिन्ने भएलगत्तै यो अवधिमा १० लाखभन्दा बढी पाइलटको पनि आवश्यकता पर्ने एयरबसको प्रक्षेपण छ । विश्वका मध्यम वर्गको संख्यामा दोब्बर वृद्धिभएर ५ अर्ब पुग्ने भएसँगै विमानमा यात्रा गर्ने मानिसको संख्या यो अवधिमा तेब्बरले वृद्धि हुने एयरबसका बिक्री प्रमुख जोन लिहीले बताएका छन् ।
तर, एयरबसले हवाई यात्राको वृद्धिलाई भने अघिल्लो ४.५ प्रतिशतबाट घटाएर ४.४ प्रतिशत कायम गरेको छ । न्यून वृद्धिदरका बाबजुद एयरबसले विमानको आपूर्ति थप बढ्ने जनाएको छ । थप पर्यटन, उदारीकरण र निजी उपभोगमा भएको वृद्धिका कारण विमानको आपूर्ति पनि बढ्ने अनुमान एयरबसको छ ।
बोइङपछि विश्वकै दोस्रो ठूलो विमान निर्माता मर्मत, तालिम र उत्पादकहरूको नवीकरणको कामले विश्वका विमानको संख्या आगामी २०३६ सम्मको अवधिमा ४० हजार पुग्ने जनाएको छ ।
यद्यपि माको ठूलो परिमाण साँघुरो आकारको जेटको हुने लीहीले बताए । यसमा एयरबसको ए–३२० नेओ र बोइङको ७३७ म्याकसको हिस्सा ठूलो हुनेछ । एयरबसले यस किसिमको विमान २४ हजार ८ सय ७ आपूर्ति गर्ने अपेक्षा गरेको छ । यी विमानको मूल्य २४ खर्ब अमेरिकी डलर पर्नेछ । यसमा न्यून खर्चका विमानसेवाको मुख्य योगदान रहनेछ ।
एयरबसले सानो आकारको ट्विन अस्ले विमानको मागमा तीव्र दरले वृद्धि हुने प्रक्षेपण गरेको छ । तर, विमान उत्पादक कम्पनीले ए–३८० सुपरजम्बो जस्ता ठूला विमानको माग ओरालो लाग्ने प्रक्षेपण गरेको छ । हाल पनि यस किसिमका विमानको माग कमजोर रहँदै आएको छ ।
बोइङले वाइड बडीको जेटमा आफ्नो ध्यान केन्द्रित गरेकाले २ सय २० देखि २ सय ७० सिटे विमानको क्षेत्रमा चर्को प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।
बोइङको प्रस्तावित नयाँ मध्य बजारको जेटमा एयरबसले आफ्नो राम्रो बिक्री भएएको ए–३२१ निओलाई बढी जोडतोडका साथ प्रस्तुत गरिरहेको छ ।







