नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युरोले आफ्ना तीन केन्द्रीय सदस्य र अरु दर्जनौं नेता कार्यकर्तालाई पुलिस प्रशासनद्धारा गिरफ्तार गरेको भन्दै जेठ ३० गते राप्ती बन्दको आयोजना गरेको छ ।

कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं राप्ती व्युरोका नेता शितलद्धारा सोमबार जारी प्रेस विज्ञेप्तीमा राप्ती व्युरो इन्चार्ज एवं केन्द्रीय सदस्य सुवास, केन्द्रीय सदस्य असल र प्युठान जिल्ला सेक्रेटरी शार्दुलगायत १० जिल्ला समिति सदस्यहरुलाई गिरफतार गरेको भन्दै उनले घोर आपत्ति प्रकट गरेका छन् ।

कम्युनिस्ट पार्टी राप्तीले रोल्पाबाट १४ जना नेता कार्यकर्ता, प्युठानबाट १० जना, दाङबाट ३ जना र रुकुमबाट १४ जना नेता कार्यकर्ता गिरफ्तार गरेको भन्दै आफ्नो पार्टीले राप्ती बन्द गर्नु पर्ने बाध्यता सिर्जना भएको जनाएको छ ।

सो राप्ती बन्दलाई सफल पार्न उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, व्यापार, यातायात बन्द गरी सहयोग गरिदिन कम्युनिस्ट पार्टीले अनुरोध गरेको छ ।

विज्ञेप्तीको पूरा पाठ :

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार