
राप्तीमा आफ्ना ४० नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले राप्ती बन्द गर्दा त्यहाँको जनजीवन ठप्प भएको छ ।
कम्युनिस्ट पार्टीको बन्दका कारण राप्तीका सबै जिल्ला पूर्ण रुपमा प्रभावित भएका छन् । दाङ,सल्यान,प्युठान,रुकुम र रोल्पाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायात,शिक्षण संस्था, बजार पूर्ण रुपमा बन्द छन् । दाङबाट चल्ने लामो र छोटो दुरीका सबै यातायात चलेका छैनन् ।
बन्दको अवज्ञा गरेको भन्दै दाङको देउखुरीमा चारओटा गाडीमा तोडफोड गरिएको छ । बन्दमा चलाइएका तीनओटा ट्रक र एउटा जीपमा बन्दकर्ताहरुले तोडफोड गरेका छन् ।







