
संयुक्त राज्य अमेरिकाले आफ्नो देशको आजको सबैभन्दा ठूलो सुरक्षा चुनौती उत्तर कोरिया भएको बताएको छ ।
अमेरिकी हाउस आर्मड सर्भिस कमिटिका सेक्रेटरी जिम मेट्टिसले उत्तर कोरियाले लगातार मिसाइल परिक्षण गरिरहेको सन्दर्भलाई उल्लेख गर्दै अमेरिका र सारा विश्वका लागि उत्तर कोरिया सुरक्षा चुनौती बनेको बताएका हुन् ।
‘आजको सबैभन्दा तत्कालिक सुरक्षा खतरा उत्तर कोरिया हो’- मेट्टिसले अमेरिकी समाचार एजेन्सी रोयटर्सलाई भनेका छन्- ‘उत्तर कोरियाको लगातार न्युक्लियर हतियार संचालनले शान्तिका लागि खतरा उत्पन्न गरेको छ ।’
अमेरिका र संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्ध नाकाबन्दीको घोषणा गरेलगत्तै आधा दर्जन मिसाइल परिक्षण गरेको छ ।
अमेरिकाले आफ्नो सबैभन्दा ठूलो सुरक्षा चुनौती उत्तर कोरियालाई देख्नु अमेरिका उत्तरको सैन्य क्षमताबाट आतंकित भएको अन्तराष्ट्रिय सैन्य विज्ञहरुले विश्लेषणा गरेका छन् ।







