लामो समय देखि नेपालमा चलचित्रको राजनीतिमा संलग्न रहँदै आएका र हाल अखिल नेपाल चलचित्र कर्मी संघका अध्यक्ष समेत रहेका केपी पाठकले राजिनामा दिएका छन् । यद्यपि उनको राजिनामालाई रहस्यमयी समेत ठानिएको छ ।

विगतमा नेकपा (एमाले) मा आवद्ध रहेका उनी पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा थिए । यद्यपि स्वार्थबाट प्रेरित रही राजनीतिमा संलग्न रहँदै आएका उनी चलचित्र विकास वोर्डमा अध्यक्ष हुने लालचाबाट प्रेरित भई माओवादीमा प्रवेश गरेको बताइन्छ ।

रेड कार्पेट नामक ट्राभल एजेन्सीका सञ्चालक पाठक चलचित्र क्षेत्रका सफल कलाकर्मी त होइनन् तर माओवादीको शक्ति हातमा लिएर उनी संसार भर घुम्न सफल समेत रहे । मैना सुनारको घटनामा आधारित मैना चलचित्र निर्माण गरेका पाठकले गाजर नामक चलचित्र पनि निर्माण गरेका थिए । तर यो चलचित्र हलबाट प्रदर्शन गर्नको निम्ति भन्दा पनि पाठकलाई चलचित्रको राजनीतिको निम्ति भर्याङ बनाउनको निम्ति विशेष सहयोग मिलेको बताइन्छ ।

विगतमा नेकपा (एमाले) मा रहँदा समेत उनको व्यवहारबाट साथीहरु वाक्कदिक्क थिए । अहिले पुःन नेकपा (माओवादी केन्द्र) को कोटाबाट वोर्डको अध्यक्ष बन्न नपाएमाओवादी छोडेर एमालेमा नै फर्कने मनसायले पाठक बालकोट दरबार धाइरहेको विशेष सुत्रबाट जानकारी प्राप्त भएको छ ।

हाल पाठक आवद्द रहेको नेकपा (माअाेवादी)काे भातृ सङ्गठन अखिल नेपाल चलचित्रकर्मी संघको निम्ति चिनियाँ राजदुतावासबाट करिब ४० लाख रकम प्राप्त भएकोमा उक्त ठुलो रकम  समेत पाठकबाट हिनामिना भएकाे छ । साे रकम समेत हिनामिना गरेकाे र त्याे रकम कुन ठाउँमा खर्च भयाे भन्नेबारे कसैलार्इ पनि जानकारी नगराइकाे  साथै  उक्त रकमको बारेमा जानकारी लिन खोज्दा संगठनका अन्य सदस्यहरुमाथि समेत दुर्व्यवहार भएको एकजना पुराना नेताले नाम नबताउने सर्तमा सेताेघर डट कमलार्इ  जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार