हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीले भारतीय नागरिक शुशिल कुमार दुवेदीलाई कालोमोसो दलेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बर्जर पेन्ट्सका फ्याक्ट्री म्यानेजर दुवेदीलाई कालोमोसो दलेको हो ।
मजदूरको चरम श्रमप शोषण गरेको, श्रम ऐनको पालना नगरेको, मजदूरको कामको क्षेत्रमा मानव अधिकारको पालना नगरे भन्दै चेतावनी स्वरुप कालोमोसो दलेको नेकपा मकवानपुरले जनाएको छ ।
दुई वर्षदेखि कम्पनीमा कार्यरत सुवेदीले प्रयोग गर्ने बा. ८ च. ८६१७ नम्बरको सवारीमा तोडफोड पनि गरिएको छ । सुवेदीले पाँच जनाको समूहमा अाएका अज्ञात व्यक्तिहरुले अाफूलाई कालोमोसो लगाएको स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार सेवदीको टाउकोमा चोड लाग्नुको साथै गाडीका सिसा फुटेको छ ।
घटनास्थलमा नेपाल कम्युनिस्ट पार्टीले छोडेको पर्चामा भारतीय नागरिक सुवेदीलाई उद्योग तत्काल नहटाएपछि यो भन्दा ठूलो कारवाही गर्ने चेतावनी दिएको छ । सोही पर्चामा कालोमोसो दल्नुको कारणहरु पनि उल्लेख गरिएको छ ।
यस्तो छन् १० कारण
१. कामदार कर्मचारीको श्रम शोषण गरेको ।
२. श्रम ऐनको पालना नगरेको ।
३. राष्ट्रिय पुँजीलाई धरासायी बनाएको ।
४. मजदूरको कामको क्षेत्रमा मानव अधिकारको पालना नगरेको ।
५. स्थानीय अधिकार ऐन विनिमय अन्तरगतको दयित्व पूरा नगरेको ।
६. मजदूरहरुमाथि अभद्र व्यवहार गरेको ।
७. नेपाली कामदार कर्मचारहरुको योग्यतालाई अपमान गरेको ।
८. नेपाली दलाल राजनीतिक नेतृत्वलाई टेवा पुर्याएको ।
९. बिल भरपाई र कमिसनमार्फत कर छलि गरेको ।
१० दलाल पुँजीवादको प्रतिनिधित्व गरेको ।
- अनलार्इन डबली







