सरकार दोस्रो चरणको निर्वाचनमा जुटिरहँदा नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्नो खारेज अभियानलाई तीव्र बनाएको छ । यसै सन्दर्भमा सेती महाकाली ब्युरो कमानको तर्फबाट नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले एक निर्देशन जारी गरेका छन् ।

निर्देशन यसप्रकार छ  –

“पार्टीको नीति र योजना मुताबिक सबै जनवर्गीय संगठन र विभागका जिम्मेवार कमरेडहरु कथित स्थानीय चुनाव खारेजी अभियानमा आ–आफ्नो गृहजिल्ला र क्षेत्रमा खटिरहनुभएको छ र उहाँहरुलाई हार्दिक धन्यवाद तथा कार्यसफलताको शुभकामना पनि छ तर केही जनवर्गीय संगठनका जिम्मेवार पदाधिकारी एवं नेताहरु कार्यफिल्डमा नआएको रिपोर्ट आएकोले उहाँहरु पनि तुरुन्तै आफ्नो कार्यक्षेत्रमा आउन सेती महाकाली ब्युरो कमान निर्देशन जारी गर्दछ । साथै, पार्टीको नीतिको पालना नगरे अनुशासनको विषय बनाइने भएकोले सम्बन्धित जनवर्गीय संगठनका नेताहरूले सोको परिपालना कडाइसाथ गर्न–गराउन पनि अनुरोध गरिन्छ ।”

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार