काठमाडौं/भोलि अखिल नेपाल जनसांस्कृतिक महासङ्घको विशेष अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

विगत साढे तीन दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको हरेक परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनहरू चाहे प्रजातन्त्रको स्थापनाका लागि होस्, चाहे लोकतान्त्रिक गणतन्त्र स्थापना लागि होस्, नेपाली जनताको हरेक न्यायपूर्ण आन्दोलनमा यसले खेलेको भूमिका उल्लेखनीय रहेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले समाजभित्र रहेका जातीय उत्पीडन, लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन, वर्गीय उत्पीडन तथा सम्पूर्ण विभेद र कू–संस्कृतिका विरुद्ध नेपाली समाजमा नयाँ जागरण ल्याउने, सचेतना जगाउने, देशप्रेमको भावना जगाउने, भातृत्वको सन्देश भर्ने, नयाँ जनसंस्कृतिको निर्माण विकासमा आफ्नो अमूल्य योगदान पु¥याउन नेपाली धर्तीमा जुझारु भूमिका निर्वाह गरेको कुरा सर्वविदितै छ ।

यसै सन्दर्भमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा ‘संसद्वाद, फासिवाद र सांस्कृतिक आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला  ‘कञ्चन’ को प्रमुख आतिथ्यमा रहने उक्त कार्यक्रममा अन्य अतिथि वक्ताहरू ईश्वरचन्द्र ज्ञवाली, घनश्याम शर्मा पौडेल, रोशन जनकपुरी, रामविनय श्रेष्ठ आदि हुनुहुन्छ ।

भोलि असार ३ गते, शनिबार दिनको ठीक १.०० बजे पद्मकन्या क्याम्पसको डेनिस हल, बागबजारमा  कार्यक्रम सुरु हुने कुरा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले बताउनुभएको छ ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार