निर्वाचन आयोगले आजको लागि तय गरेको मनोनयन दर्ताको विरोधमा बन्द आह्वान गरेका  राजपाका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् ।

आफूहरुको माग सम्बोधन नभई  प्रदेश नम्बर १,५ र ७ मा दोस्रो चरणको स्थानीय तहको चुनाव गर्न लागिएको भन्दै आक्रोशित राजपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा  पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री सरिता साह, राजपा धनुषा संयोजक प्रमेश्वर साह सहित दुई दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको जनकपुरधामबाट रातोपाटीकर्मी अमरेन्द्र कुमार यादवले जनाएका छन् ।

धरपकडका क्रममा दुई जना विभा ठाकुर र सरिता शर्मा बेहोस समेत  हुन पुगेका छन् भने उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रयसैबीच प्रदर्शनकारीले जनकपुर उप महानगरपालिकाको ल्याण्ड कृजर गाडीमा तोडफोड गर्नुका साथै  ब्यानर समेत च्यातेका छ्न । अहिले पनि जनकपुरको अवस्था तनावग्रस्त छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार