हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाद्वारा नेपाली जनताविरुद्ध जबरजस्त थोपरिएको चुनावी अभियानका विरुद्ध विभिन्न संघर्षमार्फत चुनाव खारेजीको अभियानमा लागिरहेको छ ।

भारतीय साम्राज्यवादको नाङ्गगो दलाली गरिरहेको वर्तमान देउवा-प्रचण्ड मण्डली सरकार यतिबेला नेपाली जतताकाविरुद्ध दमन अभियान संचालन गरिरहेको छ ।

हाल  हाम्रो पार्टीको तर्फबाट भन्दै उम्मेदवार भनेका व्यक्तिहरु हाम्रो पार्टीका नभइ दलाल संसदीय व्यवस्थाको भ्रम जालमा परेका व्यक्तिहरु हुन् । त्ससैले ती व्यक्तिहरुको नाम जोडेर नेकपाका उम्मेद्धार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्र हो ।

दलाल संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा डट्न हामी यसै विज्ञप्ति मार्फत थबाङ्गी जनसमुदायलगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

कथित स्थानीय निर्वाचनको खारेजी अभियानलाई सशक्त र प्रभावकारी रूपमा अघि बढाइरहेको नेपाल कम्युनिस्ट पार्टीलाई संकेत गर्दै केही सञ्चारमाध्यमले मनोनयनसम्बन्धी अपवाह फैलाइरहेका छन् । पार्टीको केन्द्रीय नीति पनि नभएको र उद्देश्य पनि नरहेकोले त्यस्ता कुराकाे अफवाहको खेती गरेर जनतालाई भ्रमित नगर्न अनुरोध छ ।

देशभर भएको प्रतिरोध संघर्षलाई स्थान नदिनु र तर हुँदै नभएका कुरालाई लिएर अनर्गल प्रचार गर्नु गोवल्ससिवाय केही होइन ।

नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध थबाङबारे प्रतिक्रियावादीको गोयबल्स प्रचार भएको छ । प्रचारमा माओवादी केन्द्रको मुख्य भूमिका रहेको बताइन्छ ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार