काठमाडाैं/अहिले राप्ती ब्युरोमा चुनाव खारेजी अभियान घनीभूत भइरहेको छ । हाम्रो आधारक्षेत्रमा संसदीय पार्टीहरु प्रवेश गर्नसम्म सकेका छैनन् ।
रोल्पा जिल्लामा पनि चुनाव खारेजी अभियान तीव्र बनेर गएको छ । खारेजीका झण्डा, ब्यानर, वालिङ तथा अन्य प्रचार तीव्र पारिएको छ । रोल्पामा क्रान्तिकारी धाराको तेजोबध गर्न केही लफङ्गालाई बुख्याचाझैं तरकारीबारीमा ठड्याएर ठूलो प्रचार युद्ध छेडिएको छ ।
कुनै बेला हाम्रो पार्टीमा रहेका लफङ्गालाई उभ्याएर पार्टीको बढ्दो प्रतिष्ठा र क्रान्तिकारी धारलाई तेजोबध गर्न खोजिएको छ । जनयुद्धकालमा पनि त्यस्ता थुप्रै प्रचारयुद्ध हुुन्थे । रोल्पामा दलालहरुले अरबौं रकम लगानी गरेर समग्र युद्ध छेडिरहेका छन्, जसको कारण उतारचढाव आइरहेका छन् । हिजोको दुस्प्रचार त्यसैको एउटा अंश हो ।
थबाङमा कुनै बेला पार्टीमा रहेका, आज कुनै तहमा नभएका र अरु पार्टीसँग साँठगाँठ भएका केही लोभपापी र लफङ्गाहरुले पार्टीलाई बद्नाम गरेर नीजि स्वार्थ पूर्ति गर्न खोजेका हुन् । स्थानीय पार्टी केन्द्रीय नीतिमा अविचलित छ ।
हाम्रो प्रचण्डदेखि किरणसम्मको बहसमा छानिएर र क्रान्तिकारी रुपान्तरण भएर आएको पार्टी हो । त्यसकारण रोल्पा र थबाङमा पनि सोहीअनुसारको अवस्था छ । जिल्ला समितिको पूरै एकरुपता कायम छ ।
एकजना पनि यताउता भएको वा चुनावमा रयाल चुहाएको अवस्था छैन । दलालको चुनावमा रयाल चुहाउने तत्वहरु क्रान्तिदेखि तर्सेका लोभीपापी तत्वहरु हुन् ।







