रोल्पा । नेपाल कम्युनिस्ट पार्टी कथित स्थानीय निर्वाचन खारेज अभियानमा व्यस्त भइरहेको बेला साम्राज्यवादी ड्रोनद्वारा रोल्पाको थबाङमाथि भीषण हमला गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी अापूलाई थाहा नै नभएको आरोप लागाइएको छ – आफैंले ‘वर्गदुश्मन’ मान्दै आएको नेपाली कांग्रेससँग तालमेल गरेको छ भनेर ।
रोल्पाकै माडी गाउँपालिकामा कांग्रेस–एमालेले चुनावी तालमेल गरेर माओवादी केन्द्रका नेता वर्षमान पुनलाइ देखाइदिने कसरत पनि भइरहेको छ । देशभर स्थानीय चुनाव बहिस्कार गरेको नेपाल कम्युस्टि पार्टीले थबाङ गाउँपालिकाको अध्यक्षमा अमित घर्तीले उम्मेदवारी दर्ता गराएको व्यापक होहल्ला मच्चाइएको छ ।
समाचारमा यतिसम्म भनिएको छ कि ‘विप्लव समूहलाई पनि चुनावमा ल्याउने धेरै पहिलेदेखिको कोसिस सफल भयो ।’ नेपाल कम्युनिस्ट पार्टीका थबाङी नेता भक्तबहादुरले माओवादी केन्द्रको उक्साहटमा यी सब भइरहेकाे छ । यसमा नेपाल कम्युनिस्ट पार्टीकाे संलग्नता छैन ।
थवाङ माओवादीको उदगमथलो हो । रोल्पाको ऐतिहासिक थवाङ गाउँपालिकामा मिरुल, उवा र थवाङ गाविस समेटिएका छन् । गाउँपालिकाको केन्द्र थवाङ नै तोकिएको छ । माओवादीको प्रभाव क्षेत्र मानिने रोल्पामा वास्तवमा सबैखाले माओवादी सखाप पार्ने रणनीतिअनुसार कांग्रेस र एमाले चलिरहेको तर त्यसैमा माओवादी केन्द्र पनि पछि पछि दौडिरहेको राजनीतिक विश्लेषकहरूको बुझाइ रहेको देखिन्छ ।
अहिले थबाङबारे अनावश्यक होहल्ला गरिएको छ । यो योजनामा भइरहेको हो भन्ने कुरा स्पष्ट छ । थबाङबारे नेपाल कम्युनिस्ट पार्टीलाई बदनाम गर्ने योजना माओवादी केन्द्रका अध्यक्षसहित लाजिम्पाटमा बसेको बैठकमा बनेको बताइन्छ । पेरिसडाँडाको उच्चस्रोतले बताएअनुसार कृष्णबहादुर महरा, वर्षमान पुन, महेश्वर दहाललगायत उपस्थिति रहेको उक्त बैठकमा प्रचण्डले भन्नुभएको थियो रे– “विप्लवहरूको पत्तासाफ हुनेगरी प्रचारयुद्ध छेड्नुस् । पैसाको चिन्ता नगर्नुस् । यसबाट पनि धेरै कुरा सतहमा आएको स्पष्ट नै छ ।
वास्तवमा जनयुद्धको आधारक्षेत्र रोल्पामा पनि चुनाव खारेजी अभियान तीव्र बनेको छ । खारेजीका झण्डा, ब्यानर, वालिङ तथा अन्य प्रचार तीव्र भएका छन् । तर पनि रोल्पामा क्रान्तिकारी धाराको तेजोबध गर्न केही मानिस हात धोएर लागेका छन् । क्रान्तिकारीका विरुद्ध ठूलो प्रचार युद्ध छेडिएको छ । हुन त जनयुद्धकालमा पनि त्यस्ता थुप्रै प्रचारयुद्ध हुुन्थे । रोल्पामा दलालहरूले अरबौं रकम लगानी गरेर ठूलो प्रचारयुद्ध गरिरहेका छन् ।
नेपाल कम्युस्निट पार्टीले थबाङमा कुनै पार्टीसँग साँठगाँठ गरेको छैन । गर्ने कुरा पनि भएन तर केही मानिसहरू पार्टीलाई बद्नाम गरेर नीजि स्वार्थ पूर्ति गर्न लागिरहेका छन् । थबाङको स्थानीय पार्टी केन्द्रीय नीतिमा अविचलित छ, दृढ छ र प्रतिवद्ध रहेको छ । यो कुरा पनि सही हो कि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि क्रान्तिकारी माओवादीका अध्यक्ष किरणसम्मको बहसमा छानिएर, उत्तीर्ण भएर र क्रान्तिकारी रूपान्तरण भएर आएको पार्टी हो । यो पार्टीले अब कोही कसैले हल्लाउन सक्तैन । कुनै पनि शक्तिले दबाउन पनि सक्तैन । पार्टीका विरुद्ध लाग्नेहरू क्रान्तिदेखि तर्सेका लोभीपापी तत्वहरू हुन् भन्ने कुरामा कुनै शङ्का छैन र हुनु पनि हुँदैन ।
चुनाव खारेजी अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीसँग जोडिएर विभिन्न सञ्चार माध्यममा आएको ‘थबाङ्गमा मनोनयन दर्ता’ भन्ने होहल्ला गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी जागृतिले एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पाको थबाङमा कुनै त्यस्तो केही पनि हर्कत नभएको स्पष्ट पारेका छन् । उनले विज्ञप्ति नै प्रकाशित गरेर सो कुरा बताएका हुन् । रोल्पा सेक्रटरी कमरेड जागृतिद्वारा जारी विज्ञप्तिको पूर्णपाठ यस्तो छ –
‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाद्वारा नेपाली जनताविरुद्व जबरजस्ती थोपरिएको चुनावी अभियानका विरुद्व विभिन्न सङ्घर्षमार्फत चुनाव खारेजीको अभियानमा लागिरहेको छ । भारतीय साम्राज्यवादको नाङ्गो दलाली गरिरहेको वर्तमान देउवा–प्रचण्ड मण्डली सरकार यतिबेला नेपाली जतताका विरुद्ध दमन अभियान सञ्चालन गरिरहेको छ ।’
‘हाल दोस्रो चरणको चुनावी नाटकको मञ्चन भइरहेको सन्दर्भमा आज रोल्पाको थबाङमा हाम्रो पार्टीको तर्फबाट उम्मेदवार मनोनयन दर्ता भनेर भ्रमपूर्ण समाचारहरू आइरहेकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टीको तर्फबाट उम्मेदवार भनेका व्यक्तिहरू हाम्रो पार्टीका नभई दलाल संसदीय व्यवस्थाको भ्रम जालमा परेका व्यक्तिहरू हुन् । त्ससैले ती व्यक्तिहरूको नाम जोडेर नेकपाका उम्मेद्वार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्र हो । दलाल संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा डट्न हामी यसै विज्ञप्तिमार्फत् थबाङी जनसमुदायलगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।’
वास्तवमा एकीकृत जनक्रान्तिद्वारा निर्देशित भएर गरिएको प्रतिरोधात्मक सङ्घर्षले मात्र क्रान्तिकारी आधारइलाका थबाङ, त्यहाँका जनता र क्रान्तिकारी शक्तिको रक्षा हुनेछ ।







