प्यूठान /मुलुकभर स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता भएकै दिन नेपाल कम्युनिष्ट पार्टिले रोल्पा-प्यूठानको सिमानामा मार्चपास गरेको छ।

निर्वाचनको विरोध गरिरहेको विप्लव नेतृत्वको उक्त पार्टीले रोल्पा-प्यूठान सिमानामा दर्जनौ यूवाहरुको उपस्थितिमा मार्चपास गरेको हो।

सरकारले निर्वाचनको सुरक्षालाई ख्याल गरेर देसभर नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरिरहेका वेला रोल्पा-प्युठानको सिमानामा ड्रेससहित दर्जनौ युवाहरुले मार्चपास गरेका हुन।

निर्वाचन खारेजिको नारा लेखिएको रातो ड्रेस र क्यापटोपि लगाएका युवाहरुले निर्वाचनको विरुद्घमा चर्को नारावाजि गरेका थिए। निर्वाचन विरोधि कार्यलाई नियन्त्रण गर्ने नाउमा सरकारले सैयौ नेता कार्यकर्ता छोपिरहेका वेला नेकपाले मनोनयनकै दिन निर्वाचनविरुद्घ नाराजुलुस सहित युवाहरुको मार्चपास गरेको हो।

प्युठान जिल्लामै सामान्य वैठक वसिरहेका वेला प्रहरिले १० जनालाई पक्राउ गरि सार्वजनिक मुद्घा लगाएको छ।

केन्द्रिय सदस्य शुवास, असल, सेक्रेटरि सार्दुल, सहित गोञ्जालो, विश्वास, परिवर्तन, अजय, पवन, यांक र प्रकाशलाई सार्वजनिक मुद्घा लगाईएको छ।

देशैभर सामान्य अवस्थामा वाटोमा वसिरहेका वेला समेत प्रहरिले विप्लवका कार्यकर्ताहरु पक्राउ गरिरहेका वेला रोल्पा-प्युठानको सिमानामा निर्वाचनको विरुद्घमा राता ड्रेससहित युवाहरुको मार्चपास भएको हो।

मार्चपासपछि कोणसभा पनि सम्पन्न भएको थियो। कोणसभालाई सम्बोधन गर्ने वक्ताहरुले मृत अवस्थामा पुगेको दलाल संसदिय व्यवस्थालाई पुनर्जिवन दिएर प्रचण्डले जनयुद्घमाथिनै गम्भीर अपमान गरेको वताएका थिए।

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार