रौतहट । स्थानीय तहको चुनाव खारेजी अभियानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टचार तथा अनैतिक काम गर्नेहरुविरुद्ध भौतिक कार्वाही पनि सुरु गरेको छ । सोहीक्रममा नेकपाले रौतहटका एक ब्यक्तिमाथि भौतिक कार्वाही गरेको हाे ।

चन्द्रपुर नगरपालीका वडा नम्बर २ हिलेखोलाका मानध्वज थिङ खाइवामाथि भौतिक कार्वाही गरेको नेकपा रौतहटका जिल्ला जनसरकार रौतहटका प्रमुख रामलाल रायले जानकारी दिएका छन् । उनलाई जुटबेला २ हिलेखोलामा रहेको उनको पसलमा तास खेलिरहेको अबस्थामा कार्वाही गरेको नेकपाले जनाएको छ ।

जुटबेलाको लालभित्ते सामुदायी वनका अध्यक्ष तथा स्थानीय ब्यापारी मान्ध्वजमाथि भ्रष्टाचार, तथा पार्टीका कार्यकर्तालाई सुराकी गरि पक्राउ गरेको कारण पार्टीले भौतिक कार्वाही गरेको रायले बताएका छन् ।

रायले कम्युनिष्ट पार्टीले सुरु गरेको यो पहिलो भौतिक कार्वाहि भएको जनाउदै अब भष्टचार गर्ने, महिलाहरुमाथि अश्लिल ब्यवहार देखाउने  तथा पाटीविरुद्ध गएर सुराकी गर्ने र विभिन्न झुठा मुद्धामा फसाउने कार्यमा संलग्न सबैलाई यसरी नै भौतिक कार्वाही गर्ने चेतावनीसमेत दिएका छन् ।

कालो मोसो दल्ने र चेतावनी दिने पहिलो चरण भएको भन्दै उनले यदि त्यस्तो गर्दा पनि नसुध्रिएमा भौतिक कार्वाही गर्न पार्टी बाध्य हुने उनको चेतावनी छ ।

नेकपाले मानध्वजमाथि कारवाही गर्नुका कारणहरू यस्ताे बताएकाे छ –
१. स्थानीय ब्यापारी मानध्वजले खाद्यान्हमा दोब्बर मूल्य लिएर जनतालाई बिक्रि गर्ने गरेको ।
२. लालभित्ते सामुदायी बनको अध्यक्षसमेत रहेका उनले सो वनबाट ३२ लाख हिनामिना गरेको ।
३. पार्टीका पूर्व जिल्ला सेक्रेटरी गोपाल जिम्बा र युवा भरत माझीलाई भुठा मुद्धा हालेर १० महिना जेल पुरर्याएको ।
४. चुनाव खारेजी अभियानमा रहेको नेकपाका कार्यकर्ताहरुको घरमा माओवादी केन्द्रका नेता एकराज थापासँग मिलेर घर घरमा प्रहरीलाई खबर गर्ने गरेको ।
५. गाउँका महिलाहरुमाथि दुब्यर्वहार गरेको ।

Save

Save

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार