प्रिय थवाङ अभिवादन,
क्रान्तिकरिहरुले तिम्रो आगनमा क्रान्तिको झन्डा उठाए सगै तिम्रो न्यानो माया संगै एउटा पत्र लेख्दैछु । यो संगिन घडीमा मनमा पैदा भएका दुःख र हर्षका तरंग पोख्न मन लाग्यो । अनि तिमीलाई सम्झिए । तिमीले दिएको न्यानो मायालाई सम्झिरेको हुन्छु ।क्रान्तिको झन्डा उठाए सगै तिम्रो चर्चा सुरुसँगै प्रतिक्रियावादीहरु ले तिमि लाई कसरी बदनाम गर्ने भनेर प्रचार गर्दै छन् ।जब परिवर्तनको कुरा उठ्छ त्योसँगै तिम्रो चर्चा पनि हुने गर्दछ । जनयुद्धको गर्भबाट जन्मेको जनवादी सत्ताको केन्द्र थियौँ तिमी । तिम्रो र हाम्रो बलिदानबाट जन्मेको जनसत्तालाई बालुवाटार लगेर गाडिएसँगै हाम्रा हातका हतियार र बर्दी खोसिए र तिम्रो चर्चा हुन छोड्यो । क्रान्तिको चर्चा सगै विश्वको ध्यान फेरि थवाङ मै केन्द्रित भएको सुन्दै छु चुनावको भ्रम जालमा पारेर तिम्रो क्रान्तिकारी अस्तित्व नै समाप्त गर्ने गरि कुर्सीवादीहरु तिम्रो आगनमा आउदै छन् भन्ने समाचार सुन्दै छु ।

प्रिय थवाङ,
प्रक्रियावादीहरुले तिम्रो जति नै हत्या गर्न खोजे पनि नेपाली कम्युनिस्ट आन्दोलनको उर्वर भुमि सर्वहारा वर्गको मुक्तिको केन्द्र तिमी नै हो पवित्र लक्ष्य महान यात्राको लागी सत्य र न्यायको पक्षमा तिम्रो उत्साह लगन तथा साहस नै तिम्रो इतिहास हो । कम्युनिस्ट पार्टीको आगमन संगै सिहदरवार र साम्राज्यवादले तिम्रो चर्चा सुरु गरेका छन् । सायद सासकहरु तिम्रो मुल्य गर्न थवाङ आउदै होलान् ।संसदीय भ्रमजालमा राखेर तिम्रो क्रान्तिकारी इतिहास लाई नै दोस्त गर्ने योजना बन्दै छ भन्ने हल्लाहरु सुन्दै छु पकै पनि तिम्रो साहसले फेरि एकपटक प्रतिक्रियावादीहरु लाई पत्ता गर्न तिमी सछेम हुनेछौ । जनताको पक्षमा क्रान्तिकारी आवाज बोल्नेहरुलाई पक्राउ, जेलनेल भएको छ र चारडाँडा कटाएकाहरुले राज गरिरहेको सुन्दा निकै आक्रोसित बनाउँछ । यो सब के कारण भयो तिमीलाई जानकारी नै छ, संसदीय व्यवस्थाले तिमी र हामीलाई विभेद गरेको छ ।

तिमि र हामी लाई भिभाजन गरेर बोसोका पारखीहरुले राज गरिरहेका छन् । तिमी र हामीले लिएको लोकतन्त्रले तिमी हामी लाई गरेको बाचा पनि भुलिसकेको छ र तिमी हामीलाई चिनै सक्दैन तिम्रो र हाम्रो विछोड गराउन प्रतिक्रियावादीहरु जेलनेल र मानव अधिकार लाई समेत चुनोती दिदै शान्तिपूर्ण आवाज लाई समेत प्रतिबद्ध गरिएको छ ।क्रान्तिकारीहरु कति दिन भोकै रुँदै बस्यौँ, तिमीलाई थाहा नै छ । क्रान्तिकारीका आँखाबाट धेरै आँसु बगिसकेका छन र बगाउदै पनि छन् ।

प्रिय थवाङ,
प्रतिक्रियावादीहरुले जनतामाथि जबरजस्त आफ्नो लुटको शासन थोपर्न तिम्रो झुपडीमाआउदै होलान् तर तिम्रो क्रान्तिप्रतिको निष्ठा र परिवर्तनका चाहना लाई कुनै पनि प्रतिक्रियावादी र साम्राज्यवादको ताकतले रोक्न सक्नेवाला छैन। क्रान्तिकारी साहस र हिमाल झै अडिग थवाङको चाहना हो ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार