सुडान घोटलामा मुछिएका दुई पूर्वआइजीपी सहित चार जना जेल चलान भएका छन् । पूर्वआइजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआइजी दिपक सिंह थांग्देन र डिआइजी दिपक श्रेष्ठ जेल चलान भएका हुन् ।

मुख्य दोषी पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला

उनीहरुले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतमा आत्मसमर्पण गरपछि उनीहरुलाई अदालतको अादेश बमोजिम जेल चलान गरिएको छ । उनीहरुलाई सदरखोर डिल्लीबजारमा राखिएको छ ।

उनीहरुले सुडानको डार्फरमा पठाइने एपिसी खरिद गर्दा भ्रष्टाचार गरेको सर्वोच्चले ठहर गरेको थियो ।

यो प्रकरणले मुख्य दोषी नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई सुनपानी छरेको राजनीतिक विश्लेषकहरूको दावी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार