नेपाल कम्युनिष्ट पार्टीको वेभसाइट www.thecpn.org सार्वजनिक भएको छ ।

संवाद डबलीमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले उद्घाटन गरेर पार्टीको अफिसियल वेभसाइट सार्वजनिक गर्नुभएकाे हाे ।

सार्वजनिक कार्यक्रममा बोल्दै नेता कञ्चनले नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रियता, स्वाधीनता र समृद्धिको लागि राजनीतिक संघर्ष चलाइरहेको परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई पार्टीको गतिविधिबारे तुरुन्त जानकारी दिने उद्देश्यले वेभसाइट संचालन गरिएको बताउनुभयाे ।

विश्वमा साम्रावादी दलालहरुको सत्ता मरणसन्न अवस्थाउन्मुख भइरहेको बेला क्रान्तिकारीहरुको विचार र आवाजलाई जनतासामू लैजान वेभसाइटको महत्व ठूलो भूमिका रहने विश्वास नेता कञ्चनले बताउनुभयाे । साे अवसरमा उहाँले मिडियाको क्रान्तिकारी भूमिकाले क्रान्तिलाई गतिशीलता दिने र जनतालाई क्रान्तिकारीको पक्षमा गोलबन्द हुन सकारात्मक भूमिका खेल्ने कुरा पनि बताउनुभएकाे थियाे ।

वेभसाइटमा पार्टीको दस्तावेज, विज्ञप्ति, कार्यक्रमलगायत गतिविधिहरुलाई राखिभएको छ । उक्त अवसरमा पार्टीको गतिविधिलाई नियमित रुपमा अपडेट गर्ने साथै  संचारमाध्यमले पनि यसैबाट आवश्यक सामाग्री लिन सकिने केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिनुभएकाे थियाे ।

Save

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार